Saturday, November 20, 2010

पैसाबादका अनुयायीहरु





१ तिमोथी ६:१० भन्दछ ' सबै खराबीको जरा पैसा हो,' पैसा लाई लोभ गर्नु हुन्न भनेर थाहा हुँदा हुँदै धेरै इसाइ हरु पैसा भन्ने देवताको दास भएका छन । तपाईंसँग पैसा छ भने जय मसिह गर्ने धेरै हुन्छन तर छैन भने जयमशिह गर्दा फर्केर आउन्नन । पैसा छ भने सत्रु पनि मित्र , अझ प्रभुको पनि असल दास हो अ रे । कतिपय म हु भनाउदा हरु धेरै मेहनेत गरेर पुल पिट बाट पैसाको दास हुनु हुन्न भनेर धेरै खोक्छन तर आँफै पैसाको दास भाको चटक्कै बिर्सन्छन, कोही त बुझपचाउछन् । हुँदा हुँदै पैसाबाद् पनि परमेस्वरको इच्छा नाप्ने यन्त्र हुन थालीसक्यो । आफ्नो स्वार्थ अनुरुपको आर्थिक लाभ हुनेभ्एमा परमेस्वरको इच्छा नभएमा परमेस्वरको इच्छा बिपरित काम गरेको हुन्छ अ रे । यो संसार पैसाले चलेको छ, अब संसारको त कुरै छोडौ , इसाइ जगतमै हेरौन, पैसाको प्रभाव कत्तिको छैनर । छाला गोरो भाको कोही सँग भेट भयो भने त्यो बेलाको प्रतिकृया र एक गरीब नेपाली भेट भाको बेलाको प्रतिकृया तुलना गर्नुस् थाहा भाई हाल्छ , छाला गोरो भाको अथवा धनीमानी सँग भेट हुँदा उसको मुहार बद्लिन्छ , बोली फेर्छ , आदर हुन्छ , नम्रता हुन्छ , सेवा सत्कार हुन्छ, समय हुन्छ, सबै कुरा हुन्छ , तर एक गरीब सँग भेटदा ऊ सँग न समय हुन्छ न नरम बोली वा सेवा सत्कार नै । यिनिहरु बोल्न पायो भने धेरै बोल्छन, अन्याय को बिरुद्दमा ओकालत गर्छन् तर आफ्नै घरमा वा कम्पनिमा रहेका बाइबल अनुसार आफ्नै सरह का भाई बहिनिलाई किनेर ल्याएको बोका सरह ठान्द छन । आफु भने कसरी धनी हुने मूडमा जहिले पनि तर अरुलाई भने धेरै काम थोरै दाम अनी परमेस्वरको नाममा अल्झाएर आँफैले गरेको ओकालतको धज्जी उडाउछन, समग्रमा यी नै भिन्नता पाईन्छन यी पैसा बाद् र येशूबाद लाई पछ्याउनेहरुमा । हिब्रु १३:५ अनुसार हामी पैसालाई होइन तर हाम्रो सृस्‍टिकर्ता येशू र हाम्रा छरछिमेकीलाई प्रेम गर्न हरेक दिन अभ्यास गरौ । पैसाको कारणले हाम्रा सम्बन्धहरु नचुडिउन , खराब बिचार र ब्यवहारहरु न होउन भन्ने हाम्रो प्रर्थना हुनु पर्दछ । 


No comments:

Post a Comment